सुनको भाउ तोलामा २०० घट्यो

काठमाडौं– बुधबार सुनको भाउ तोलमा २०० घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ६२ हजार ६०० मा कारोबार भइरहेको छ । मंगलबार सुन तोलमा ६२ हजार ८०० मा कारोबार भएको थियो । यस्तै बुधबार तेजाबी सुन ६२ हजार ३०० मा कारोबार भइरहेको छ ।